नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतीसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गरे। उनले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई...