कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच मा ब्राजिलले विजयी सुरुवात गर्यो । फरवार्ड रिचार्लीसनको दुई गोलमा सर्बियालाई २-० ले पराजित गर्दै ब्राजिलले ३ अंक जोड्यो । तर खेलपछि चर्चाको विषय भने नेयमार रहे । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका कारण एंककलमा चोट बोकेपछि नेयमारलाई ८० औं मिनेटमा परिवर्तन गरिएको थियो […]