लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिक रूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनीसँग ५० खसी बाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए ।“तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ”, उनले भने, “सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ ।” गत वर्ष दसैँमा मात्रै रु तीन लाखका खसी बिक्री गरेको उनको भनाइ छ ।जिल्लाको