अघिल्लो महिनाको २४ तारिखमा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको उत्परिवर्तित नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएपछि एक कसिमको त्रास उत्पन्न भएको छ । विश्वका नेपालसहित ४० देशमा फैलिसकेको ओमिक्रोन भेरियन्टको उत्परिवर्तित संख्या धेरै र पुनः सङ्क्रमण हुने जोखिम बढ्ने विज्ञहरुले बताएका छन् । आनन्द वन अस्पतालमा अनुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा सन्तोष दुलाल ओमिक्रोन …