फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ ।  स्वीट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।“यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, ब्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वय

सम्बन्धित सामग्री

कप्तान एन्जिलाले भारतमा लिग खेल्ने, सेथु एफसीसँग अनुबन्धित

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिग खेल्ने भएकी छन् । भारतीय फुटबल महासंघ (एआईएफएफ) को आयोजनामा हुँदै आएको हिरो इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न एन्जिलाले सेथु एफसीसँग अनुबन्धित भएकी हुन् । कप्तान एन्जिलाले सेथुसँग एक वर्षको सम्झौता भएको बताइन् । ‘यसअघि देखि नै […]

फिफालाई निलम्बनमा पुनर्विचार गर्न एआइएफएफको आग्रह

भारतीय फुटबल महासंघ (एआइएफएफ) ले फिफालाई पत्र लेख्दै कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। कार्यवाहक महासचिव सुनान्दो धरले सर्वोच्चले गठन गरेको समिति भंग भएको र चुनावको अधिकार एआइएफएफलाई नै भएको भन्दै फिफालाई निलम्बन पुनर्विचार गर्न आग्रह गरेका हुन्। सोमबार भारतको सर्वोच्च अदालतले आफैँले बनाएको तीन सदस्यीय कार्यदल भंग गर्दै प्रतिबन्ध फुकुवाका लागि सहज वातावरण बनाएको थियो।एआइएफएफका पत्रमार्फत संघको वर्तमान अवस्थाबारे जानकारी दिँदै निलम्बनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्। 'हामी भारतक

निलम्बनमा पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

७ भदौ, काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले आफूमाथि लागेको निलम्बनबारे पुनर्विचार गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई आग्रह गरेको छ । तेस्रो पक्षको हस्तक्षेप रहेको भन्दै एक हप्ताअघि फिफाले एआईएफएफलाई निलम्बन गरेको थियो । एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरले फिफा महासचिव फातमा समौरालाई पत्र लेख्दै एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका […]

सर्वोच्चले आफैले बनाएको समिति भंग गरेपछि भारतमाथि फिफाको निलम्बन हट्ने विश्वास

काठमाडौँ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई सञ्चालन गर्ने बनाइएको समितिलाई भारतको सर्वोच्च अदालतले भंग गरेको छ। एआईएफएफलाई फिफाले निलम्बन गरेपछि भारतीय फुटबलमा तरंग पैदा भएको थियो। निलम्बनका कारण यो वर्ष भारतमा हुने यू-१७ महिला फुटबल विश्वकपको आयोजनाको अधिकार समेत खोसिएको थियो। सर्वोच्च अदालतले सोमबार अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई संचालन गर्ने प्रशासक समितिलाई […]

फिफाले किन निलम्बन गर्‍यो भारतीय फुटबल महासंघलाई ?

३१ साउन, काठमाडौं । तेस्रो पक्षको अनुचित हस्तक्षेप रहेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई सोमबार निलम्बन गर्‍यो । तेस्रो पक्षको हस्तक्षेप र फिफाको नियमको गम्भिर रुपमा उल्लंघन गरेको आरोपमा फिफा ब्युरो काउन्सिलले तत्कालै लागु हुने गरी भारतलाई निलम्बन गरेको हो । पछिल्लो समय एसियामा प्रगति गरिरहेको, विश्व फुटबलको राम्रो बजार भएको र […]

फिफाबाट भारतको फुटबल महासंघ निलम्बित

३१ साउन, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । साथै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ । भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो । तेस्रो पक्षको […]

फिफा प्रतिबन्धबाट बच्न सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबललाई चेतावनी

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई प्रतिबन्धबाट बच्नका लागि १५ सेप्टेम्बरसम्ममा निर्वाचन सक्नुपर्ने अल्टिमेटम दिएको छ । भारतको उच्च अदालतले गत महिना समयमै चुनाव गराउन नसकेको र भारतको खेलकुद संहिताले तोकेको नियमहरू अनुरूप नियम परिमार्जन गर्न नसकेको भन्दै एआइएफएफको कार्यकारी समितिलाई भंग गरेको थियो । यसपछि अदालतले एआइएफएफ सञ्चालन […]