काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको महिनावारी व्यवस्थापन गरी स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने समस्या समाधान गर्न स्यानिटरी प्याड खरिदका लागि वर्षेनि बजेट विनियोजन गर्ने गरेको छ।चालु आव ०७८/७९ मा यसका लागि अर्थ मन्त्रालयले कक्षा १२ सम्मको निःशुल्क पाठ्यपुस्तक र प्याड वितरण गर्न ४ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा बजेट शाखाका अनुसार यसका लागि सबै स्थानीय तहलाई १ अर्ब ४३ करोड २६ लाख ४८ हजार