काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाले कुख्यात लागूऔषध तस्करलाई अमेरिका सुपुर्दगी गरेको छ । कोलम्बियाका राष्ट्रपति इभान डुकेले कुख्यात लागूऔषध तस्कर ओटोनियल भनिने डारियो एन्टोनियो उसुगालाई अमेरिका सुपुर्दगी गरिएको पुष्टि गरेका हुन् । सुपुर्दगीबारे घोषणा गर्दै राष्ट्रपति डुकेले ओटोनियल ‘विश्वकै सबैभन्दा खतरनाक तस्कर’ रहेको समेत टिप्पणी गरे । बीबीसीले जनाएअनुसार उनी कुख्यात लागूऔषध गिरोह गल्फ क्लान […]