काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । अपेक्षाअनुसार नै आइतवार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेश सोलुशन प्रा।लि।ले जानकारी दिएको हो । करिव २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए […]
काठमाडौं । सीजी मोटर्सले नेपालको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको रेडारा पीकअप नाडा अटो शो २०२४ मा प्रदर्शनी हुने भएको छ । राइट ह्याण्ड ड्राइभ मोडललाई कम्पनीले नेपालबाट डेब्यू गर्न लागेको हो । जिलीको इलेक्ट्रीक पीकअप ब्राण्ड रेडारा अन्तर्राष्ट्रिय बजारमा २० हजार ८७० देखि ३० हजार ५०० अमेरिकी डलरसम्म मूल्य तोकेर बिक्री सुरू हुन लागेको हो […]
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि शुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकोमा अवलोकन गर्नेहरूको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजार जनाभन्दा धेरैले प्रदर्शनी अवलोकन […]
धरान । सुस्ताउँदै गएको धरानको बजारलाई प्रवर्द्धन गर्न सुनसरी उद्योग वाणिज्य संघले १० दिने ‘धरान एक्स्पो–२०७९’ आयोजना गर्ने भएको छ । धरानको आर्थिक गतिविधि चलायमान बनाउने तथा उपभोक्तालाई स्थानीयदेखि अन्तरराष्ट्रिय उत्पादन सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । एक्स्पो धरान–१६ स्थित रंगशालामा फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदै छ ।
एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्त, तयारी कपडा र घरेलु सामानका ७० स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । धरानले अन्तरराष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको उनले बताए ।
एक्स्पोका संयोजक गोपाल श्रेष्ठले एक्स्पो अवधिमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको बताए । दैनिक ३० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानबाट समेत व्यवसायी आउने जानकारी उनले दिए । एक्स्पो अवधिभर विभिन्न गोष्ठी आयोजना हुने उनले बताए । ‘फागुन १३ मा स्वरोजगार गोष्ठी आयोजना गरिनेछ,’ उनले भने, ‘धरानका होटल, टेम्पो, बस व्यवसायीलाई समेत समेटेर पर्यटन गोष्ठी गरिनेछ, खानेपानी समस्या समाधानको विषयमा पनि गोष्ठीमार्फत छलफल गर्छौं ।’
नेपालकै पहिलो ईभी अटो शो, २०२२ सम्पन्न भएको छ । गत बिहीबारदेखि काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपमा जारी अटो शो आज आइतबार सम्पन्न भएको हो । चार दिनसम्म चलेको अटो शोमा ३० हजार अवलोकनकर्ताहरुले प्रदर्शनीको अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । यस्तै उक्त प्रदर्शनीमा ५०० हाराहारीमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीको बुकिङ समेत भएको अनुमान नाडाको रहेको छ ।अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डक
विराटनगर । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म आयोजना गर्ने ‘रमपम ट्रेड एक्स्पो २०२२’ को तयारी पूरा भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गर्ने उक्त एक्स्पोको तयार पूरा भएको आयोजकले जानकारी दिएको हो ।
मोरङ व्यापार संघका उपाध्यक्ष एवं एक्स्पो आयोजक समितिका संयोजक विकास बेगवानीले सबै (२७० ओटा) स्टल विक्री भएर धमाधम निर्माण समेत भइरहेको बताए । अहिले ९० प्रतिशत स्टल निर्माण भइसकेको र बाँकी दुई दिनभित्र सम्पन्न हुने उनको भनाइ छ । सबै स्टल विक्री भइसकेको भए पनि अहिले २७ ओटा कम्पनी स्टलका लागि प्रतीक्षामा छन् । मेलामा पहिलोपटक एयर कन्डिसनयुक्त डोम, एयर कुलर डोमसहित साधारण स्टलहरू छन् ।
कोरोना महामारीपछि पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रूपमा मेला सञ्चालन हुन लागेको संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । मेला नयाँ र विद्यमान स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शन, विक्री र लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुने उनले बताए । सात दिनसम्म चल्ने मेलामा करीब १ अर्बको कारोबार हुने अनुमान गरिएको संघका उपाध्यक्ष तथा एक्स्पो आयोजक समितिका संयोजक विकासकुमार बेगवानीले बताए ।
उनका अनुसार मेलामा एसीसहितको ८०, कुलरसहितका ६०, साधारण १०६, अटो २५ र खाद्यान्नका १० ओटा स्टल रहनेछन् । आयोजकले एसी स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० हजार, साधारण स्टलका लागि ३० हजार, अटो स्टलका लागि ७० हजार र खाद्यान्नका स्टलका लागि ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ । यस्तै सेन्चुरी मसला सहायक प्रायोजक रहेको छ भने दोस्रो र तेस्रो प्रायोजकका रूपमा रिजालको र बाबा गुड हेल्थ छन् । मेलास्थलमा प्रवेशका लागि १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले बताएको छ ।
व्यापार संघले यसअघि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट टे«ड एक्स्पो २०७५ लगायत मेला आयोजना गरिसकेको छ । मेलाले प्रदेश १ को पर्यटन क्षेत्रको विकासका लागि समेत महत्त्वपूर्ण टेवा पुग्ने मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । सरकारले प्रदर्शनीस्थल नबनाइदिएकाले आफूहरूले अस्थायी संरचना बनाएर मेला आयोजना गर्नु परेको र धेरै खर्च हुने गरेको उनले गुनासो गरे ।
पुस १२, धनकुटा । प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एसोसिएशन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने भएको हो ।
चिसो मौसम रहने धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करीब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ ।
भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए । तर यो वर्ष कोभिड-१९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशंका पनि रहेको अध्यक्ष रुम्दालीले बताए ।
२०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएशन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए ।
तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जानकारी दिएको छ । फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा ¥याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ ।
त्यस्तै, डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।
तीन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टलहरु हुनेछन् । फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ ।
करीब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।
फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । यस्तै प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन् । फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु दैनिक प्रस्तुति रहने बताइएको छ ।
फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए । यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।
ललितपुरको जावलाखेलमा आजदेखि तिहारलक्षित १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । प्रदर्शनीमा १५० रूपैयाँदेखि ३० हजार (वरको रुख) सम्मका फूल पुष्पजन्य वस्तुहरू राखिएको छ