बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष सयमा बोल्ने क्रममा सत्तारुढ दल एमालेका सचिव भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए।
जलस्रोतको धनी देश हुँदाहुँदै पनि हामी ऊर्जा संकटको भुमरीभित्र छौं। लोडसेडिङ हुने सम्भावना प्रत्येक हिउँदमा जीवित छ। परिणामस्वरूप ठूला र नयाँ उद्योगहरूमा लगानी भित्र्याउन सकिएको छैन भने घरेलु उपभोगकर्ताहरूमा विद्युतीय उपकरणको वृद्धिमा उल्लेखनीय सुधार आएको …
देशकै सबैभन्दा ठूलो औद्योगिक करिडोर पर्सा-बारा औद्योगिक करिडोरका उद्योग अघोषित लोडसेडिङको मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले यो करिडोरमा पुस यता दैनिक बिहान ७ देखि साढे ११ बजेसम्म र साँझ ५ देखि राति ९ बजेसम्म लोडसेडिङ गरिरहेको छ । तर प्राधिकरणले देश लोडसेडिङमुक्त घोषणा गरी सकेकाले करिडोरमा गरी रहेको विद्युत कटौतीलाई लोडसेडिङ सम्बोधन नगरेको उद्योगीहरु बताउँछन् ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन् । सुन्दर ट्रेडर्स प्रालिले आज आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शनी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताए । सवारीसाधनलगायत विद्युत्को प्रयोग बढाउन सकिने उनको धारणा छ । ‘पहिले लोडसेडिङ हुने समयमा विद्युतीय […]
नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा आवश्यक बिजुली दिन नसक्दा भैरहवा र लुम्बिनी क्षेत्रका उद्योगहरु समस्यामा परेका छन् । बेला बेलामा बिजुली आउने जाने हुँदा उद्योगहरुले हरेक दिन अर्बौ रुपैयाँ घाटा ब्यहोर्नु परेको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाहले बताए ।उनका अनुसार आज सोमबार बिहान ४ बजेदेखि ६ बजेको अवधिमा ६ पटक विद्युत कटौती भयो । एक पटक विद्युत काटेर केही मिनेटको अन्तरमा बिजुली छोडिँदा पनि ५ लाख बढी घाटा हुन्छ । आउने जाने समस्या दिनुभन्दा तालिका नै दिए हुन्थ्यो भन्ने आफूहरुको माग रहेको शाहले बताए ।‘हरेक दिन १२ घण्टा लाइन काटिन्छ’घरानाँ फुड्सका प्रवन्धक विकास गोयन्काका अनुसार औपचारिक रुपमा लिखित तालिका नआएपनि हरेक दिन १२ घण्टा विद्युत कटौती हुने गरेको छ । घोषित रुपमा नभई प्राधिकरणले अघोषित रुपमा यसो गर्दा आफूहरुलाई मर्का परिररहेको उनको गुनासो छ ।‘बेलुका ६ बजेपछि घडी हेरेरै काटिन्छ, अनि प्राधिकरणमा फोन गरेर सोध्दा अब भोली बिहान ५/६ बजेतिर मात्रै आउँछ भन्ने जानकारी गराइन्छ’ गोयन्का भन्छन्, ‘बेलुका ६ बजे ट्याक्क गएको बत्ती बिहान कहिले ५ः५० तिर, कहिले ६ बजेतिर आउँछ ।’विगत ६ दिनदेखि समस्या आएको भएपनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेको दिन चैत १० गते बिहिबार भने २२ घण्टा बिजुली दिईएको थियो । ‘३ दिन पूरै अन्धकार नै भयो’ गोयन्काले थपे, ‘कुलमान सरले पत्रकार सम्मेलन गरेर अब समस्या आउँदैन भनेको दिन २२ घण्टा बिजुली दिईएको थियो, तर त्यसपछि फेरि अहिले १२ घण्टा काट्न थालिएको छ ।’यो क्षेत्र प्राधिकरणको भैरहवा वितरण केन्द्र अन्तर्गत पर्छ । गोयन्काको घराना फुड्स उद्योग भैरहवाको अञ्चलपूर भन्ने ठाउँमा छ ।१२ घण्टा लोडसेडिङको तालिका बनाउँदै प्राधिकरणअहिलेसम्म प्राधिकरणले उद्योगहरुमा कुनै जानकारी नै नदिई बिजुली काटौती गर्दै आएको छ । उद्योगीहरुले औपचारिक तालिका माग गर्दा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रका कर्मचारीले ‘माथिबाट तालिका दिने आदेश छैन’ भन्ने जवाफ दिने गरेका छन् ।तर, मणिग्राम र भैरहवा वितरण केन्द्रका विशेष स्रोतले भने प्राधिकरणको केन्द्रीय कार्यालयले लोडसेडिङ तालिका बनाउन सुरु गरिसकेको छ ।यसअघिःप्राधिकरणले सुरु गर्यो लोडसेडिङ, कुलमानले बिजुली दिन नसक्दा देशैभरका उद्योग बन्द‘औपचारिक रुपमा यति घण्टा बिजुली कटौती हुन्छ भनेर अहिलेसम्म कुनै पनि उद्योगमा भनिएको छैन’ स्रोत भन्छ, ‘दैनिक १२ घण्टा बिजुली कटौती गर्ने गरी तालिका बन्दैछ भन्ने जानकारी छ । तर, देश नै लोडसेडिङमुक्त भएको घोषणा भईसकेकाले फेरि लोडसेडिङ तालिका भन्दा त्यति राम्रो सन्देश नजाने भएकाले लोडसेडिङको सट्टा अरु नै केही लेखेर तालिका दिने तयारी छ ।’अहिले भैरहवासहित वीरगञ्ज, विराटनगर, हेटौँडा लगायतका क्षेत्रका उद्योगहरुमा पनि बिजुली काटौती हुने गरेको छ ।के भन्छ प्राधिकरण ?प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई लोडसेडिङ तालिका नै भनेर नभनिएको तर भारतबाट बिजुली नआउँदा जति समय पनि बिजुली कटौती गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘हामीले भारु २० मा बिड गर्दा पनि पाएका छैनौँ, ३ सय मेगावाट माग गर्दा २०/३० मेगावाट मात्रै मुस्किलले पाईरहेको अवस्था छ’ उनले भने, ‘हाई रेटमा बिड हालिरहेका छौँ, तैपनि पाएका छैनौँ, पाउँदा उद्योगलाई बिजुली दिन सक्छौँ, नपाउँदा सक्दैनौँ, अहिलेको समस्या यहीँ हो ।’भारतबाट दिउँसो बिजुली आईरहेपनि बेलुका भने दिन नसकिरहेको उनको भनाई छ । ‘भारतमा समस्या समाधान भएन भने हामीले बिजुली पाउन सक्दैनौँ’ उनी थप्छन्, ‘यति नै घण्टा बिजुली काटिन्छ भन्ने हुँदैन, कहिले ९ घण्टा काटिन सक्छ, कहिले १२ घण्टा काटिन सक्छ, कहिले १५ घण्टा पनि काट्नुपर्ने हुन्छ, कम्तीमा १ महिना यहीँ रेसियो रहन्छ ।’
सर्लाही – देश विद्युत उत्पादनमा आत्मनिर्भर भनी पनि सर्लाहीमा अघोषित लोडसेडिङका कारण आम नागरिकहरु हैरान भएका छन । बिना सूचना छिनछिनमा बत्ती जाने, बत्ती आए लगत्तै केही बेरमै झ्याप झ्याप फेरि कटने, कहिले घण्टौं बती नआउने र विद्युत आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुँदा स्थानियवासी हैरान भएका छन् ।लोडसेडिङ मुक्त जिल्ला सर्लाहीमा यसरी गरिने […]
देशमा धेरै आयोजना बेलैमा सम्पन्न नहुँदा नागरिक निराशामा परिरहेको बेला विद्युत क्षेत्रमा भने उत्साहजनक काम भैरहेको छ । देश लोडसेडिङमुक्त भैसकेको छ भने नेपाल विद्युत प्राधिकरण बिजुली खेर जान नदिन खपत बढाउने उपायको खोजीमा लागेको छ । तर विद्युत उत्पादन र वितरण सजिलो छैन । पाइलैपिच्छे अवरोध नै अवरोध छन् ।
प्राधिकरणक...