स्मार्ट सेलले ल्यायो अनलिमिटेड नाइट डाटा प्लान

स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।यो डाटा प्लानमा ग्राहकले फास्ट 4G नेटवर्क मार्फत सोसल मीडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ ।  यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डाएल गर्

सम्बन्धित सामग्री

एनसेलले ल्यायो ५ घण्टाको अनलिमिटेड ‘बिन्दास डाटा प्याक’, ७५ रुपैयाँमै लिन सकिने

ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डाटाबाट फाइदा लिन पाउने भएका छन् ।

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक, ९५ रुपैयाँमा २०० मिनेट टक टाइम

एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसर पारेर आइतबारदेखि नयाँ दुई विशेष अफर ल्याएको छ । कम्पनीले ल्याएको सो अफरमा ग्राहकहरूले आकर्षक अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन् ।

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतवार (असोज २) देखि लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याएकाे छ । यो अफर अन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने एनसेलले जनाएकाे छ ।   यी प्याकहरू आइतवारदेखि तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । ग्राहकले यी प्याकहरू आइतवारदेखि मङ्गलवार (असोज २ देखि ४ गते) सम्ममात्र लिन पाउनेछन् । असोज ३ गते सोमवार आठौँ संविधान दिवस मनाइँदै छ ।  ग्राहकले एक द...

नेपाल टेलिकमले ल्यायो ‘आइसिटी डे अफर’   मा अनलिमिटेड डाटा र कम्बो प्याक

वैशाख १७, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख १९ गते मनाइने चौथो ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ २०७९ को अवसरमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर (नेशनल आइसिटी डे अफर) उपलब्ध गराउने भएको छ ।            कम्पनीले कम्पनीका ग्राहकहरूका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १–७ तारिख) सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरीद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दए । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपीएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसका अवसरमा ५० प्रतिशत छूटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।            त्यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र  ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध गराइएको प्रवक्ता अधिकारीको भनाइ छ । उक्त अफरबाट ग्राहकले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष अफर ल्याएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर ल्याएको हो । यो अफर २९ चैतदेखि ३ वैशाखसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी […]

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसका साथै रु। २०० देखि रु। ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दि

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको होली अफर

काठमाडौं । नेपाल टेलिकमले फागु पर्व (होली फेस्टिभल) को अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) ल्या एको छ । कम्पनीका अनुसार यो अफर ३ चैतदेखि १७ चैतसम्म उपलब्ध हुनेछ । यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा […]

नेपाल टेलिकमले ल्यायो होली अफर, ६९ रुपैयाँमा अनलिमिटेड डाटा

होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ ।

भ्यालेन्टाइन डेको लागि टेलिकमले ल्यायो अनलिमिटेड डाटा र भ्वाइस अफर

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ । सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day combo offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (volte) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टेलिकमले ल्यायो अनलिमिटेड सस्तोमा डाटा प्याक !

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ ।