सुदूरपश्चिमका यातायात व्यवसायी मनपरी भाडा लिँदै

कैलाली । झन्डै पाँच किलोमिटरको दूरीको सडक खण्डमा बसमा यात्रा गरिरहेका एक यात्रुसँग सहचालकले चालीस भाडा मागेपछि उनी गन्तव्यमा नपुग्दैबिच बाटोमै उत्रिए । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगरदेखि अत्तरिया सडक खण्डमा मङ्गलवार चलेको ना४ख६१७५ नम्बरको उक्त बसका सहचालकले गुलरिया बजारबाट झन्डै पाँच किलोमिटरको दूरीमा रहेको अत्तरिया चोकसम्म तोकिएको भन्दा बढी चालीस रुपैयाँ भाडा मागेपछि आफू बिच बाटेमै […]

सम्बन्धित सामग्री

चर्को भाडा असुल्दै यातायात व्यवसायी

कालिकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ। कालिकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो।...

कर्णाली करिडोर खण्डमा मनपरी भाडा असुल्दै यातायात व्यवसायी

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला क्षेत्रमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन्। यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, हुम्लालगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुले मारमा पर्दै...

सार्वजनिक यातायातको भाडादर आफै बढाउने यातायात व्यवसायी महासंघको चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ ।  महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन् ।सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका महासचिव सिटौलाले सरकारले पेट

सरकारले नयाँ भाडा समायोजन नगरे आफैं भाडा बढाउँछौँः यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ।...

आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौँ । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैँ सार्वजनिक सवारीको भाडा दर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल – पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैँले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी […]

बागमती प्रदेशद्वारा सार्वजनिक यातायातको भाडा वृद्धि

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि सोमबारबाट लागू गरेको छ ।प्रदेशभित्रका यात्रुवाहक सार्वजनिक सवारीमा लागू हुने गरी ‘प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्ययबाट भाडा भुक्तानी नियमावली–२०७८’ अनुसार भाडा समायोजन गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यातायात व्यवसायी संघ÷संगठनहरूको मागप्रति मन्त्रालय संवेदनशील रही उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै बागमती […]

बागमतीमा भाडा विवाद चुलियो

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा विवादले यातायात व्यवसायी र बागमती प्रदेश सरकारबीच समस्या देखिएको छ। भाडा बढाउनु पर्ने माग राखी यातायात व्यवसायी आन्दोलित छन्।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सार्वजनिक यातायातको भाडा दर समायोजनको प्रक्रियामा रहेकाले बन्द, हडतालजस्ता विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ। सोमबार काठमाडौँ उपत्यकामा यातायात व्यवसायीले साङ्केतिक रूपमा सडक किनारमा गाडी रोकेर भाडादर वृद्धिको माग गरेपछि मन्त्रालयले सो आग्रह गरेको हो। प्रदेशभित्रका रुटहरूमा भाडा समायोजनको प्रक्रिया अन्तिम...

छोटो दूरीमा पनि गाडी भाडा बढ्ने

भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायी प्रदर्शनमा उत्रिएपछि बागमती प्रदेश सरकार भाडा बढाउन सहमत भएको छ ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार नै सूचना जारी गर्दै भाडा समायोजनका लागि गठन भएको समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको जनाएको छ । “स्थानीय रुटमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले नै तोक्ने हो । तर कानुनी र […]

वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले विभागले वैज्ञानिक भाडा सामायोजन प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले दराजमा थन्क्याएको बताए । ‘२०६९ सालदेखि सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा समायोजन भएको छैन ।...