ललितपुर काँग्रेसमा प्रतिष्पर्धामा श्रेष्ठ र चित्रकार, मैदानमा राणा र अमात्यको भिडन्त

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान सकिएको छ । पहिलो चरणमा दोस्रो र तेस्रो भएका रामकृष्ण चित्रकार र जीतेन्द्रकुमार श्रेष्ठबीच कडा प्रतिष्पर्धा हुने बुझिएको छ । चित्रकार काँग्रेस संस्थापन पक्षका हुन् । उनलाई सहमहामन्त्री डा. प्रकाशशरण महतको बलियो साथ छ । जिल्लामा काँग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य, पूर्व […]

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गएर दर्शन एवं प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशमशेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती […]

राणाकाल झल्काउने तस्बिरहरू प्रदर्शनीमा

काठमाडौं । काठमाडौंमा राणाकालको समयमा खिचिएका तस्बिरहरुको प्रदर्शनी गरिएको छ । बिहीबार याक एन्ड यति होटेलमा भएको प्रदर्शनीमा राणाकालका र काठमाडौं उपत्यकाका पुराना तस्बिरहरु प्रदर्शनमा छन् ।  फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको तस्बिरहरु प्रदर्शनमा रहेका छन् ।  प्रदर्शनीमा राणा परिवारका तस्बिरसँगै तत्कालीन समयका उपत्यकाका तस्बिरहरु र वेशभूषामा सजिएका...

दरबारभित्र सीमित नाटक समले नै सर्वसाधारणबीचमा पुर्याए : हरिहर शर्मा

‘बालकृष्ण सम’ नेपाली नाट्य क्षेत्रका एउटा ध्रुव तारा थिए । लेखक, कलाकार, कवि, साहित्यकार, चित्रकार, निर्देशकलगायत धेरै विधामा क्रियाशील उनी रङ्गशिल्पी, नाट्यसम्राटको रूपमा समेत परिचित छन् । दरबारभित्र सीमित रङ्गमञ्चलाई सर्वसाधारणसम्म ल्याउने श्रेयसमेत उनलाई नै जान्छ । राणा परिवारमा जन्मिए पनि आफूलाई आम नेपालीसँग बराबर देखाउन उनले आफ्नो नामबाट ‘शमशेर जङ्बहादुर राणा’ हटाएर ‘सम’ राखेका थिए ।डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा,

इतिहासमा आज : अन्तरिक्षमा मानव यात्रादेखि वायरलेस म्यासेजसम्म

विश्व इतिहासमा फेब्रुअरी ७ मा भएका मुख्य मुख्य विश्व घटना नाटककार, साहित्कार तथा चित्रकार बालकृष्ण समको पनि जन्म जयन्ती हो। उनको जन्म काठमाडौंको ज्ञानेश्वरमा भएको हो। राणा परिवारमा जन्मिएका समलाई साहित्यमा बहुमुखी प्रतिभाका धनी मानिन्छ। उनले आफ्नै पुर्खाहरुको क्रुर शासनको विरोधसमेत गरेका थिए। समले कविता, कथा, नाटक, निबन्ध, प्रबन्ध, जीवनी लगायत धेरै क्षेत्रमा कलम चलाएका […]

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं (अस) । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ । रोयल नेपाल गल्फ कोर्स मैदानमा पुस २३ देखि २४ गतेसम्म  प्रतियोगिता सञ्चालन गरिएको हो । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित उक्त प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भए । ३७ अंकका साथ मेजर जनरल विजय मोक्तानले दोस्रो पुरस्कार हात पारे । महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् । सिनियरतर्फको उपाधि मेजर जनरल कमलसिंह प्रधानले ३४ अंकसहित हात पारे । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंकका जयन्द्रविक्रम शाहले ३१ अंकका साथ उपाधि जिते । पुरुष जुनियरतर्फ टासी शेर्पा २५ अंकका साथ विजयी भए । महिला जुनियरको उपाधि १८ अंकको साथमा अन्भद्या मल्लले पाइन् । जुनियर लंगेस्ट ड्राइभको उपाधि जयवीर आचार्यले जिते भने जुनियर क्लोजेस्ट टु द पिन इदान्त सिंह साउदले जिते । प्रतियोगितामा बैंक अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धक अनुप मास्केलगायत उपस्थित थिए ।

कांग्रेस ललितपुर सभापतिमा १० मतले राणा निकट श्रेष्ठ विजयी

काठमाडौ । नेपाली कांग्रेसको ललितपुर सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत ल्याएका थिए ।शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी श्रेष्ठ, चित्रकार र मीनकृष्ण महर्जनले ५० प्रतिशत कटाउन नसकेपछि दुई जनाबीच आज फेरि प्रतिष्पर्धा भएको हो […]