भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त

काठमाडौं, १२पुस।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले उनलाई १५मंसिरमा १५लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए। हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको हो।

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी रकम बुझाउन  नसकेपछि रिजाल थुनामै

धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...

भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारि थुनछेक बहसमा प्रतिवादी तर्फका कानून व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ईजलासमा जारि थुनछेक बहसमा आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा कानून व्यवसायीले प्रतिरक्षा बहस गरेका हुन । प्रतिवादीतर्फका कानून व्यवसायीको प्रतिरक्षा बहस सकिएसँगै शुक्रबार सरकारी […]

नक्कली भुटानी शरणार्थी प्रकरण : १८ जनाकाे बयान सकियो, आइतबारदेखि थुनछेक बसह

काठमाडौँ- जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त...

नक्कली भुटानी शरणार्थी प्रकरण : १८ जनाकाे बयान सकियो, आइतबारदेखि थुनछेक बसह

काठमाडौँ- जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त...

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।  उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।   अन्य पक्राउ परेकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमवार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ ओटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए । रासस

विघटन गरिदिए हुन्छ कांग्रेस

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको सीमा कोरिन थालेको प्रतीत हुन्छ । सुनियोजित रूपमा केहीलाई जोगाउने प्रयत्नका कारण अब यो मुद्दाको कानुनी प्राविधिकता सीमित हुनेछ । यो प्रकरणको सबैभन्दा हृदयविदारक र अनपेक्षित दृश्य भुटानी मुक्ति आन्दोलनका नेता टेकनाथ रिजाल स्वयंको गिरफ्तारी हुन पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।