भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फका कानून व्यवसायीको थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारि थुनछेक बहसमा प्रतिवादी तर्फका कानून व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ईजलासमा जारि थुनछेक बहसमा आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा कानून व्यवसायीले प्रतिरक्षा बहस गरेका हुन । प्रतिवादीतर्फका कानून व्यवसायीको प्रतिरक्षा बहस सकिएसँगै शुक्रबार सरकारी […]

सम्बन्धित सामग्री

भुटानी शरणार्थी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ ।  सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । आजबाट हुने जवाफी ...

नक्कली भुटानी शरणार्थी प्रकरण: लम्बियो थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दाको थुनछेक बहस लम्बिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रतिवादी पक्षलाई मंगलबारभित्र बहसको समय दिएका थिए । तर, बुधबारसम्म पनि प्रतिवादीतर्फको बहस सकिएको छैन । न्यायाधीश न्यौपाने मंगलबारभित्र प्रतिवादीतर्फको बहस सकिएपछि बुधबार दिउँसो २ बजेसम्म वादी पक्षका वकिलहरुको जवाफी बहस सुनेर प्रारम्भिक आदेश दिने […]

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहसले लम्बिने भयो थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा जारि थुनछेक बहसको लागि ईजलासले छुट्याएको समय मंगलबार सकिँदै छ । तर, १८ प्रतिवादी मध्ये ६ जना प्रतिवादीको तर्फबाट बहस बाँकी नै छ । ईजलासले समयमानै मुद्दा टुङ्गो लगाउने समय निर्धारण गरेपनि कानून व्यवसायीहरुको लम्बेतान बहसले तोकिएको समयमा प्रतिवादीतर्फको प्रतिरक्षा बहस समयमा सक्न कठिन हुने देखिएको […]

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज (मंगलबार) सकिएको छ ।  सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनले भने, 'सरकारी वकिलतर्फको बहस सकिएको छ,...

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आजबाट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा...

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आजबाट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा...

नक्कली भुटानी शरणार्थी प्रकरण : ‘मुख्य बिचौलिया’सहित दुईजनाको लिइयो बयान

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान शुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजबाट बयान शुरु भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतवार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो ।  उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन् । फरार अभियुक्तविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । रासस

नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज (मङ्गलबार) सकिएको छ ।