चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजलगायतको सिट निर्धारण गरेको छ । गत वर्षदेखि एमबीबीएस पठनपाठन गराउन थालेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० सिट थपिएको छ ।