काठमाडौं : केही दिनअघि एक गिरोहले चोरी गर्ने योजना बनाए। सोही योजनाअनुसार गत फागुन २५ मा उनीहरूले काठमाडौंको चुच्चेपाटीस्थित एनसिसी र एनएमबी बैंकको पछाडि रहेको पार्किङस्थल नजिकै अमोल भोस्ले भन्ने व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिए।उनलाई नियन्त्रण लिएर ४२ तोला सुन र नगद १२ लाख रूपैयाँ मात्र लुटपाट गरेनन्। पीडितको आँखामा खुर्सानीको धुलोसमेत छर्किए‚ कुटपिट गरे।लुटिएलगत्तै पीडितले प्रहरीमा उजुरी दिए। उजुरीपछि महानगरीय प्रहरी बृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली तत्कालै परिचालित भयो। मे