नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी)को आकस्मिक बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान १० बजेका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
माधव नेपाल पक्षका सांसदहरूसँग सोधिएको स्पष्टीकरणको जवाफबारे निर्णय लिन बैठक बोलाइएको स्रोतले बतायो ।
यसअघि शुक्रवारको बैठकले स्पष्टीकरण सम्बन्धमा निर्णय लिन स्थायी कमिटीलाई जिम्मा दिएको थियो ।