लोकगायक डा. गोविन्द आचार्यलाई उत्सर्ग संगीत पुरस्कार प्रदान गरिने

२४ कात्तिक, दाङ ।  उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार रुपैयाँ राशीको सो पुरस्कार मंसिर २५ गते दाङमा हुने उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए । २०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका […]

सम्बन्धित सामग्री

सर्वोच्चको फैसला न्यायप्रेमी जनताको जीत भएको प्रलेससम्बद्ध लेखक–साहित्यकारको ठहर

काठमाडौँ । प्रगतिशील लेखक सङ्घसम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूले सर्वोच्च अदालको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलालाई जनताको जित भएको बताएका छन् । सर्वोच्चको फैसलाको तत्कालै कार्यान्वयनमा जोड दिइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ- “सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलाप्रति हामी प्रगतिशील लेखक सङ्घका सम्बद्ध निम्न सदस्यहरूको ध्यानाकर्षण भएको छ । संसद विघटन विरुद्ध सङ्घर्षमा उत्रिएका सबै न्यायप्रेमी जनताको यो ऐतिहासिक जित हो । उक्त फैसलाको स्वागत गर्दै त्यसको कार्यान्वयनको सबै पक्षबाट अपेक्षा गर्दै देशको लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन हामी माग गर्दछौँ ।” प्रलेससम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ– १. गोपीरमण उपाध्याय, उपाध्यक्ष २. समीर सिंह, महासचिव ३. प्रकाश थापामगर, सचिव ४. बाबुराम आचार्य, सचिव ५. मातृका पोखरेल, सल्लाहकार ६. अमर गिरी, सल्लाहकार ७. रामप्रकाश पुरी, सल्लाहकार ८. डा. बिन्दु शर्मा, सल्लाहकार ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार ११. आरएम डङ्गोल, सल्लाहकार १२. मिश्र बैजयन्ती, सल्लाहकार १३. डा. पुष्करराज भट्ट, सल्लाहकार १४. इन्द्र रेग्मी, सल्लाहकार १५. भेषमान गिरी, सल्लाहकार १६. डा. गोविन्द आचार्य, सल्लाहकार १७. तेजेन्द्र प्रसाई, सल्लाहकार १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य २१. जनक रसिक, सचिवालय सदस्य २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य २३. इन्द्र लामा, केन्द्रीय सदस्य २४. नारायण मरासिनी, केन्द्रीय सदस्य २५. बम बानिया, केन्द्रीय सदस्य २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य २७. मिन राना, केन्द्रीय सदस्य २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य ३०. राजेश विक, केन्द्रीय सदस्य ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य ३२. जीवन शाही, केन्द्रीय सदस्य ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य ३४. कमल कार्की, केन्द्रीय सदस्य ३५. पुरु लम्साल, केन्द्रीय सदस्य ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य ३७. सुवास खनाल, परिषद् सदस्य ३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य ३९. कौशिला रिसाल, परिषद् सदस्य ४०. सुभास जिसी, परिषद् सदस्य ४१. हेमराज आश्रम, परिषद् सदस्य ४२. विजय राणा, परिषद् सदस्य ४३. बिनु केसी, परिषद् सदस्य ४४. केशवनाथ योगी, परिषद् सदस्य ४५. राम बसु, परिषद् सदस्य ४६. ऋतु केसी, परिषद् सदस्य ४७. ध्रुव गिरी, परिषद् सदस्य ४८. धर्मराज दानी, परिषद् सदस्य ४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य ५०. जगत् वाशिष्ठ, परिषद् सदस्य ५१. बाबा बस्नेत, परिषद् सदस्य

युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार : डा. गोविन्द आचार्य

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यले युद्धप्रसाद मिश्र नयाँ जनवादी क्रान्तिपक्षीय साहित्यकार भएको बताउनुभएको छ । अन्पाद्वारा २०७७ पुस २९ गते आयोजित ‘प्रगतिशील साहित्यिक आन्दोलनमा युद्धप्रसाद मिश्र’ विषयक परिसंवाद कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘साहित्यकार मिश्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुँदासम्म र विश्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको औचित्यता कायम रहँदासम्म जीवितै रहने छन्’ डा. आचार्यले त्यसका पछाडिको कारण खोतल्दै भन्नुभयो– ‘मिश्रलाई प्रगतिवादी धारमा डोर्याउने यिनै दुई वटा परिघटना हुन् ।’ साहित्यकार मिश्र विशुद्ध साहित्यकार मात्र नभएर राजनीतिकर्मी पनि भएको उहाँको तर्क थियो । ‘उहाँले हलीगोठाला, महिला, प्रवासीसहित सर्वहारा पङ्क्तिको पक्षमा साहित्य सृजना गर्नुभयो’ उहाँले भन्नुभयो– ‘मिश्र त्यतिमा मात्र सीमित रहनुभएन, नेपाल कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण हस्ती पुष्पलालसँगै उहाँ नयाँ जनवादी क्रान्तिको राजनीतिमा समेत आजीवन सँगसँगै हिँड्नुभयो ।’ उहाँले मिश्रका खण्डकाव्यको तुलनामा फुटकर कविता सशक्त रहेको बताउनुभयो । मिश्रका कविता धारिलो भएको बताउँदै उहाँले त्यस खालको तिखो कवि अहिलेसम्म नेपाली साहित्यमा देखा नपरेको धारणा व्यक्त गर्नुभयो । कवि मिश्रको कविता अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध धारिलो कविता लेख्न मिश्रका साहित्यले हामीलाई अहिलेसम्म पनि प्रेरणा दिइरहेका छन् ।’ नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कविता र गजल वाचन पनि गरिएको थियो । कार्यक्रममा गिरीप्रसाद बुढाले ‘पार्टी फुटेको दिन’, ऋतु केसीले ‘ए साथी ! फर्केर आऊ’, समष्टि बुढाले ‘म देशको कृषक’, सुभाष जिसीले ‘मलाई सन्किन मन लागेको छ’, बाबुराम आचार्यले ‘साल साल बेहाल’, प्रकाश थापामगरले ‘बच्चामाकुरा’, हरिलाल महतराले ‘तिम्रो सङ्घीयतामा’ र खिमराज चालिसेले ‘मेरो घर’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने रगवीर विश्वकर्माले गजल वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अन्पाका सचिव गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंदै

काठमाडौँ । केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंने भएका छन् । प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयका विरुद्ध २०७७ पुस २६ गते दिउसो १ बजे व्यापक सङ्ख्यामा प्रगतिशील लेखक–कलाकारहरू राजधानीको माइतीघर मण्डलामा उपस्थिति भएर विरोध प्रदर्शन गर्न लागेका हुन् । यसअघि नै प्रतिनिधि सभा विघटनका विरुद्ध आफ्नो मत सार्वजनिक गरिसकेका प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति र राष्ट्रिय परिषदका लेखक–कलाकारका साथै पुस २६ गतेको प्रदर्शनलाई नेकपा (मसाल) सम्बद्ध रक्तिम जनसांस्कृतिक अभियान र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) तथा नेकपासम्बद्ध जनसांस्कृतिक महासङ्घले समेत ऐक्यबद्धता जनाएका छन् । जनसांस्कृतिक महासङ्घका सरल सहयात्रीले पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको युगदर्शनलाई जानकारी दिनुभएको छ । एवम् प्रकारले रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्द आचार्यले पनि पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताउनुभएको छ । प्रलेसका ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ– १. गोपीरमण उपाध्याय, उपाध्यक्ष २. समीर सिंह, महासचिव ३. प्रकाश थापामगर, सचिव ४. बाबुराम आचार्य, सचिव ५. मातृका पोखरेल, सल्लाहकार ६. अमर गिरी, सल्लाहकार ७. रामप्रकाश पुरी, सल्लाहकार ८. डा. बिन्दु शर्मा, सल्लाहकार ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार ११. आरएम डङ्गोल, सल्लाहकार १२. मिश्र बैजयन्ती, सल्लाहकार १३. डा. पुष्करराज भट्ट, सल्लाहकार १४. इन्द्र रेग्मी, सल्लाहकार १५. भेषमान गिरी, सल्लाहकार १६. डा. गोविन्द आचार्य, सल्लाहकार १७. तेजेन्द्र प्रसाई, सल्लाहकार १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य २१. जनक रसिक, सचिवालय सदस्य २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य २३. इन्द्र लामा, केन्द्रीय सदस्य २४. नारायण मरासिनी, केन्द्रीय सदस्य २५. बम बानिया, केन्द्रीय सदस्य २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य २७. मिन राना, केन्द्रीय सदस्य २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य ३०. राजेश विक, केन्द्रीय सदस्य ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य ३२. जीवन शाही, केन्द्रीय सदस्य ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य ३४. कमल कार्की, केन्द्रीय सदस्य ३५. पुरु लम्साल, केन्द्रीय सदस्य ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य ३७. सुवास ...