काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले 'परमादेशी सरकार' भनेपछि कानुनमन्त्री आक्रोशित भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिपक्ष दलका सांसदहरूले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउ नभन्न भन्दै आक्रोश नै पोखे ।
उनले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको पनि उल्लेख गरे...