नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजासम्बन्धि विधेयक अघि बढाउँन माग गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक दर्ता गरेको ८ सय ९६ दिन भइसकेको भन्दै सो विधेयक अघि बढाउन माग गरे । संसदमा सांसदले उठाएको विषयहरुमध्ये ८ प्रतिशतमात्र कार्यान्वयन हुने गरेको बताउँदै उनले संसदले गर्नुपर्ने काम पनि नभएको गुनासो गरे । संसदमा जति मात्रामा मन्त्रीले विधेयक ल्याउन पाउँछ त्यति नै मात्रामा सांसदले पनि गैर सरकारी विधेयक दर्ता गर्न