अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धका दलहरुबीच मै विवाद देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमसीसीका विषयमा सत्तारुढ दलहरुबीचमै विवाद भएपछि आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादीका महासचिव बेदुराम भुसालले असहमति जनाए । नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार सरकारका प्रवक्ता कार्की र काँग्रेस नेताहरु रामचन्द्र पौडेल र रामशरण महतले एमसीसी पास गर्नुपर्ने बताएका थिए । उक्त प्रस्तावमा माओवादी र नेकपा एसका नेताहरुले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने बताएका थिए । जसपाका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमसीसी पास गर्नुपर्ने बताएका थिए । अर्का अध्यक्ष उपेन्द्र यादव भने केही पनि बोलेनन् ।