काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ ।
प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक नै नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिनुभएको छ ।
यसअघि हिजोको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्रीको सचिवालयले पालिका तहको चुनाव तथा संसद्को अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जनाएको थियो ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक...