राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

काठमाडौं, १ जेठ : स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष १. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी। २. […]

सम्बन्धित सामग्री

पोखरामा काँग्रेसले जित्यो बहुमत वडाध्यक्ष, एमाले निकै तल

पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले काँग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि काँग्रेसले जितेको थियो ।