काठमाडौं । नेकपा एमालेभित्रको राजनीतिक द्वन्द्व समाधानको दिशातर्फ अघि बढ्दा राष्ट्रियसभाका उम्मेदवार रामबहादुर थापा ‘बादल’ वा डा. खिमलाल देवकोटामध्ये एकजनाले धोका पाउने निश्चित थियो । पछिल्ला दिनमा विकसित घटनाक्रमले अन्ततः बादलले नै धोका पाउने त होइनन् भन्ने आशंकालाई बलियो तुल्याएको छ ।बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा बादल र देवकोटा यस्ता उम्मेदवार हुन्, जो एउटै पार्टीका दुई अलग समूहको प्रतिनिधित्व गर्दछन् । बादल नेकपा एमालेका आधिकारिक उम्मे