काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले दाबी गरे । उनले भने,‘आज दिनभरि बसेर सीट बाँडफाँट टुंगो लगाउँछौं ।’ हिजो बसेको बैठक निष्कर्षबिहिन भएको थियो ।