एजेन्सी। युरो–२०२० मा आज विश्व विजेता फ्रान्स र युरोपियन विजेता पोर्चुगल आमनेसामने हुँदैछन्। यसलाई क्रिष्टियानो रोनाल्डो र काइलियन एमबाप्पेबीचको भिडन्तका रुपमा पनि हेरिएको छ। म्युनिखमा जर्मनीले हंगेरीलाई जित्न दिएन भने पोर्चुगल फ्रान्ससँग हारे पनि नकआउट चरणमा पुग्ने सम्भावना हुन्छ। फ्रान्सले जिते समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। पोर्चुगल पनि जितेमा समूह विजेता बन्नसक्छ। तर जर्मनीको नतिजाले निर्भर गर्नेछ।