जेठ १६, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले आज अर्थात् सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।