काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि महासमिति बैठक सार्ने तयारी गरेका छन्। देउवाले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति बैठक फेरि सार्ने तयारी गरेका हुन्। स्रोतका अनुसार देउवाले जाडो र राष्ट्रियसभा सदस्यको निर्वाचनलाई कारण देखाएर महासमिति बैठक सार्न खोजिरहेका छन्। नीति महाधिवेशनको समेत काम गर्नेगरी कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने पहिलो मिति तोकेको थियो। त्यसपछि बैठकको मिति सारेर मंसिर २९ देखि पुस २ लाई