नेकपा माओवादी केन्द्रको विधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै केन्द्रीय कमिटी र पदाधिकारी चयन हुने भएका छन् ।
काठमाडौंमा जारी माओवादीको आठौं महाधिवेशनमा स्थायी कमिटी सदस्य देव गुरूङले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।
प्रस्ताव समूहगत रूपमा छलफल भइसकेको छ । विधानमाथि प्रतिनिधिले उठाएको प्रश्न र दिएको सुझावबारे शनिवारको बन्दसत्रमा देव गुरूङले जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए ।
महाधिवेशनबाट विधान संशोधन भएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया अघि ब...