मेलम्चीमा प्रधानमन्त्री आए, ५० हजारको आश्वासन दिएर फर्किए (फोटो फिचर)

सिन्धुपाल्चोक/ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्। पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए। यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुल