गौरव थापाको दाबी : एन्फा फर्किन अध्यक्ष र महासचिवकै प्रस्ताव

११ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको प्रष्ट पारेका छन् । थापाले आफ्ना छोरालाई एन्फाको सीईओ वा उपमहासचिव बनाउन दबाव दिएको समाचारको गौरवले खण्डन गरेका हुन् । बुधबार गौरवले जारी गरेको वक्तव्यमा आफूले पद नखोजेको बरु एन्फाका […]

सम्बन्धित सामग्री

एन्फामा ‘इन्ट्री’ खोज्दै गौरव थापा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गर्न बाँकी ठूला पद उपमहासचिव र सीईओ हुन् । यी दुवै पदको दाबेदारीमा अहिले गौरव थापा छन् । एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको नियुक्तिको विषयमा धेरै पटक बहस र आलोचना भइसकेको छ ।उनको नियुक्तिको विषयलाई लिएर अहिले एन्फा कार्यसमितिको दोस्रो बैठक स्थगित भएको छ । कार्यसमिति बैठकको मुख्य एजेन्डा भनेकै गौरव थापालाई नियुक्त गर्नु हो । गौरवको नियुक्तिको विषयलाई लिएर एन्फामा पनि तीन धार देखिन्छ । पूर्व अध्यक्ष थापा पक्ष, पंकज नेम्वाङ र पूर्व अध्यक्ष कर्

झुठो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास स्वीकार्य छैनः गौरव थापा

काठमाडौँ। विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित अखिल नेपाल फुटबल महासंघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले झुठो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास स्वीकार्य नभएको बताएका छन् एन्फाको नयाँ नेतृत्वले गौरवलाई एन्फाको सीईओ वा उपमहासचिव बनाउन लागिएको भनिएको बेला बुधबार एक विज्ञप्ती जारी गर्दै उनले सो कुरा बताएका हुन्।

गौरव भन्छन् – ‘मैले दबाब दिएको होइन, एन्फाबाट प्रस्ताव आएको हो’

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकअघि नियुक्ति विवादबारे आफ्नो नाम जोडिएकोमा गौरव थापाले आफ्नो भनाइ राखेका छन् । पछिल्लो समय एन्फा कार्यसमिति भित्रका पदाधिकारी तथा सदस्यबीच पदपूर्ति सम्बन्धि विषयलाई लिएर तिक्तता बढेपछि कार्यसमिति बैठक बस्न सकेको छैन । सुरुवातमा साउन २ गते एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि […]

एन्फा बैठक आज: अध्यक्षलाई एक्ल्याउने थापाको प्रयास

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित कार्यसमिति बैठक बिहीबार बस्दैछ । विवादित गौरव थापा (भ्रष्टाचारको अभियोगमा फिफाद्वारा प्रतिबन्धित गणेश थापाका छोरा) लाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति, साफ महिला च्याम्पियनसिप २०२२, नेपाल सुपर लिग (एनएसएल) सहितका १७ एजेन्डामा निर्णय गर्ने अपेक्षा गरिएको छ ।