नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको छ । बन्दसत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले केन्द्रीय कमिटी दुई अंकको बनाउन सुझाव आएको बताए । हाल माओवादीको विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने प्रस्ताव रहेकामा सिम्खडाले ९९ सदस्यीयमै सीमित गर्न सुझाव दिएका हुन् । यस्तै उनले वाईसीएलबारे विधानमा जबस मोर्चा भनिएको भन्दै वाईसीएल सहायक संगठन हो कि जबस मोर्चा हो भन्ने प्रश्न गर्दैै यसबारे प्रष्ट परिनुपर्ने धारणा रा