प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्नेदेखि नेपाल बार एसोसिएसन २१ दिनदेखि आन्दोलनमा छ ।
आन्दोलनका कारण नागरिकको सर्वोच्चका न्यायाधीशहरूले मुद्दा हेर्न छाडेको भन्दै सोको विरोधमा सर्वोच्च अदालत बाहिर आइतबार न्यायालय बन्द गर्न पाइँदैन भनेर केही युवाको समूहले नाराबाजी गरे । पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्ष...