बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सचेत र संयमित हुन त आतंकित नहुन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नियमन भनेको नियन्त्रण नभएको बताए । ‘नियमन भनेको नियन्त्रण होइन, नडराउनुहोस् । तर, ऐन, नियम र परिधिभित्र बसेर काम गर्नुस् । यसले बीमा क्षेत्रको विश्वसनीयता मात्र होइन विकासमा समेत सहयोग पुग्छ’ सिलवालले भने । यस्तै बीमा क्षेत्रको कमजोर स्थितिकै क