आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड

भक्तपुर– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उद्घाटन गर्दै उनले निर्यातलाई बढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा आयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त […]

सम्बन्धित सामग्री

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घको आज आयोजित ४०औं वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाए । उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन […]

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न प्रधानमन्त्रीको जोड

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला ललितपुरमा सुरु भएको छ । ६ भदौसम्म सञ्चालन हुने व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिला सहभागी छन् ।मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका छन् । […]

सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन गर्नुपर्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले सो कुरामा जोड दिनुभएको हो । त्यस अवसरमा उहाँले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो …

आयात प्रतिस्थापन गर्न सात क्षेत्रमा विशेष जोड

नेपाली कांग्रेसले आयात प्रतिस्थापन गर्न सात क्षेत्रलाई विशेष जोड दिने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयात प्रतिस्थापन गर्न विभिन्न क्षेत्रमा विशेष कार्यक्रम लागू गर्ने तयारी गर्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत यस विषयमा सुझाव पेश गरेको छ ।राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम […]

आयात प्रतिस्थापना गर्न सात क्षेत्रमा विशेष जोड

काठमाडौं । नेपाली कांग्रेसले आयात प्रतिस्थापन गर्न सात क्षेत्रलाई विशेष जोड दिने बताएको छ । सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा आयात प्रतिस्थापन गर्न विभिन्न क्षेत्रमा विशेष कार्यक्रम लागू गर्ने तयारी गर्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेत्तृवमा नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत यस विषयमा सुझाव पेश गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व […]

बजेटको प्राथमिकतामा कृषि वस्तुको आयात प्रतिस्थापन कार्ययोजना

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कृषि वस्तुको आयात प्रतिस्थापन गर्ने कार्ययोजनालाई प्राथमिकता दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयात प्रतिस्थापन कार्ययोजनालाई प्राथमिकतामा राख्दै विभिन्न खालका वार्षिक मिसन कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । आयात प्रतिस्थापन गर्न मन्त्रालयले धान र तरकारी बालीदेखि पशुपन्छीजन्य उत्पादन वृद्धिका कार्ययोजना अघि सारेको छ । धानको उत्पादन बढाउन मन्त्रालयले वर्णसंकर जातका ३४ बीउ र तिनका १६० ओटा ‘प्यारेन्टल लाइन’ परीक्षणका लागि राखेको छ । हाल नेपालमा हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३ गरी दुई जातका वर्णसंकर धान मात्र उत्पादन भइरहेको छ । यसैगरी मन्त्रालयले नेपाली कम्पनीलाई विदेशी कम्पनीसँगको साझेदारीमा बीउ उत्पादनको अनुमति दिने भएको छ । धानसँगै मकैका हाइब्रिड जात विकास गर्न परियोजना तयार गरी कार्यान्वयन गरिँदै छ । मन्त्रालयको लगानीमा कृषि विश्वविद्यालयमार्फत हाइब्रिड जातका बीउको विकास गर्ने लक्ष्य छ । यस्ता कार्यक्रमबाट वर्षेनि बीउ आयातका लागि विदेशिने रकम नेपालमै रोकिने र नेपाली कृषि क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार उन्नत तथा वर्णसंकर बीउको प्रयोगमा मूल्य अनुदान प्रदान गर्न प्रतिस्थानीय तह १० लाखदेखि १५ लाखका दरले १४ करोड बजेट विनियोजन गर्ने योजना छ । यस्तै चैते धान उत्पादन गर्ने किसानलाई प्रतिहेक्टर १० हजारका दरले अनुदान दिने सरकारको योजना छ । यसैगरी तरकारीको आयात प्रतिस्थापनका लागि तोकिएका स्थानीय तहमा नमूना कृषि विकास एकीकृत कार्यक्रमको कार्यान्वयन अघि बढाइँदै छ । राष्ट्रिय प्राथमिकता प्राप्त तरकारी बालीको क्षेत्रफल तथा उत्पादन वृद्धिका लागि लक्षित परिमाणसहित अनुदान उपलब्ध गराउने कार्यक्रम अघि सारिएको छ । त्यसैगरी आयात प्रतिस्थापन गर्न कृषि मन्त्रालयले प्रस्ताव गरेका मुख्य १० ओटा मिशनमध्ये धान, मकै, स्याउ, आलु र प्याजलाई प्राथमिकतामा राखिएको मन्त्रालयले बताएको छ । पशुपन्छी उत्पादनको आयात प्रतिस्थापनका लागि सरकारले बनाएको पशु स्वास्थ्य ऐन २०५५ को नियमावली पूर्ण कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । यस्तै पीपीआर रोगको प्रयोगशाला परीक्षणको नतीजाका आधारमा मात्र खसीबोका आयात गर्न दिइनेछ । सरकारले बनाएका यस्ता योजना वर्षौंदेखि सुनिँदै आए पनि त्यसको कार्यान्वयनको पाटो भने फितलो छ । निर्धारित योजना अनुरूप काम गर्न सरकार चुकेको कृषिका सरोकारवाला बताउँछन् । कृषि अभियन्ता तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले योजना मात्र बनाउने भन्दा भएकै कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । किसानको समस्या के हो र कहाँनिर किसानलाई हेर्नुपर्छ भन्नेतर्फ सरकारको ध्यान जानु जरुरी रहेको उनको भनाइ छ ।

स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरुको उत्पादन वृद्धि र स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले आयात र निर्यात बीचको खाडल पुर्ने, स्वदेशमै उत्पादन वद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने उद्योगहरुको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।उनले सरकारले प्रस्तावित गरेका सातवटा औद्योगिक क्षेत्र, औद्

फूल उत्पादन बढ्दै, आयात वर्षेनी घट्दै

चाडबाडको बेला आयातमै भर पर्नुपर्ने फूल अहिले घरेलु उत्पादनले बजार थेगेको छ। पुष्प व्यवसायीले उत्पादनलाई जोड दिदैं आएका छन्। आयात प्रतिस्थापन हुदैं गएको छ।...