काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुक लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा प्रवेश गरे पनि आजको परिस्थितिको विश्लेषणबाट अघि बढने सन्दर्भमा व्यवस्थापन र रुपान्तरणमा अलमलिएको अवस्था रहेको बताएका छन् ।दी क्रिएटर्स ग्रुपद्वारा आज यहाँ आयोजित कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्दै उनले विगतदेखि दलभित्रको अन्तरविरोध, सरकार र पार्टीबीचको सम्बन्ध र समन्वय, हामीले अपनाएको शासन प्रणालीको चरित्र र अभ्यासलाई समुचितरुपले अघि बढाउन स