इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो निर्माण

वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् ।

सम्बन्धित सामग्री

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ वटा पक्की कुलो

फिक्कल । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् । गजुरमुखीमा साना […]

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो निर्माण

वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् ।

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

१७ साउन, फिक्कल (इलाम) । इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष …

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो निर्माण

माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन।

इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था

इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका-१ का चार वटा टोलमा सिँचाइका निम्ति कुलो निर्माण गरिएका हुन् ।

सल्यानमा मुख्यमन्त्री रोजगार कार्यक्रमको ३७ करोड

सल्यान । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सल्यानमा प्राप्त भएको पौने ३७ करोड रुपैयाँ खर्च हुने भएको छ । जिल्लाका सात गाउँपालिका र तीन नगरपालिकामा गरेर चालू आर्थिक वर्षमा ३६ करोड ८५ लाख रुपैयाँ खर्च गर्न लागिएको हो । अहिले जिल्लाका ८ ओटा स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत प्राप्त भएको बजेटको धमाधम काम भइरहेको छ । बेरोजगारलाई स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका स्थानीय तहहरूले अधिकांश काम सम्पन्न भइसकेको र केही अन्तिम चरणमा पुगेको बताएका छन् । प्राविधिक सहितको टोलीको अनुगमनपछि रकम भुक्तानीको थालनी गरिने बताइएको छ । दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत आफ्नो स्थानीय तहका झण्डै १३ सय नागरिकले रोजगारी पाएको बताए । यस गाउँपालिकामा २ करोड ६९ लाख रुपैयाँ प्राप्त भएको थियो । बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले नगरमा प्राप्त भएको ५ करोड ४७ लाख रुपैयाँबाट २९ ओटा योजनामध्ये अधिकांश सञ्चालन भइरहेको जानकारी दिए । नयाँ सडक निर्माण, स्तरोन्नति तथा सिँचाइ कुलो निर्माण लगायत कार्यमा नगरका करीब २ हजार नागरिकले रोजगारी पाएको उनले बताए । सिद्धकुमाख गाउँपालिकाका रोजगार संयोजक रामकुमार डाँगीले गाउँपालिकाका झण्डै ७ सय नागरिकले रोजगारी प्राप्त गरेको बताए । गाउँपालिकामा २ करोड १३ लाख रुपैयाँ प्राप्त भएको र प्रत्येक वडामा दुईओटाका दरले योजना छनोट गरी काम सञ्चालन गरिएको जानकारी उनले दिए । कुमाख गाउँपालिकाका रोजगार संयोजक वसन्त पुनले गाउँपालिकामा आएको ३ करोड ३९ लाख रुपैयाँबाट १५ ओटा योजना छनोट गरेर कार्यान्वयन गरिरहेको जानकारी दिए, जसबाट सडक निर्माण, नाला निर्माण, पर्खाल निर्माण लगायत काममा झण्डै १ हजार नागरिकले रोजगारी पाएका छन् । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी पहलमान वलीले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।