नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाटै टुंगो लगाउन खोजेको भए पनि त्यसबेला अहिलेको गठबन्धनले नै अवरोध गरेको बताएका छन् ।
शनिवार सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा सरकार रहँदा एमसीसी टुंगोमा पुर्याउन खोजिएको भए पनि असफल पारिएको उनले बताएका हुन् ।
‘हामीले संसद पेश गराैं, जे गर्ने हो संसदले गर्छ भनेका थियौं । जनप्रतिनिधिले छलफल गरेर टुंगो लगाउँछन् भनेका थियौं,’ ...