नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजमाथि छलफलको लागि बनाइएका १० वटा समूहमध्ये शनिवार ५ वटा समूहको निष्कर्ष प्रस्तुत भएको छ ।
कर्णाली, केन्द्रीय निकाय, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेश समूहले छलफलको निष्कर्ष महाधिवेशन हलमा प्रस्तुत गरेको हो ।
धेरैजसो समूहले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्बन्धमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने मत राखेका छन् ।
पार्टीको पदाधिकारी तहमा १ व्यक्तिलाई २ कार्यकालभन्दा बढी जिम्मेवारी दिन नहुने, ७० वर्ष उमेर हद हटाउँदा पनि फरक नपर्ने, ...