सानिमा मिडिल तमोरले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गते होटेल आकामा धुम्बाराहीमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने र त्यसको लागि आवश्यक पर्ने कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका विभिन्न ८ वटा प्रस्ताव पेश हुने छन् । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्त सम्मको वासलात, आ. व. २०७७/७५ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आ. व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने, सञ्चालक समितिद्वारा गठित उपसमितिको बैठक भत्ता निर्धारण गर्ने, कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering-IPO) गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने र विविध प्रस्ताव पेश हुने छन् ।कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

सम्बन्धित सामग्री

सानिमा मिडिल तमोर हाइड्रोले आइपीओ निष्काशन गर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग […]

पिपुल्स हाइड्रोको आईपिओ बिक्रि नभए नागरिक लगानी कोषले सकार्ने

आईपिओ निष्काशनको तयारीमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले प्रत्याभूतिकर्ता चयन गरेको छ । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता चयन गरेको हो ।प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा पिपुल्स हाइड्रोको तर्फबाट  प्रवन्ध संचालक केशव बहादुर रायमाझी तथा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार यदि कम्पनीले निष्काशन गर्ने आइपिओ पुनर रुपमा बिक्रि नभएमा बिर्की नभएको आईपिओ नागरिक लगानी कोषले खरीद गर्ने छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशन प्रस्ताव पारित गर्न  मङ्सिर २३ गते क्वालिटी बैंक्वेट बुद्धनगरमा साधारणसभा आह्वान गरेको छ।  सभामा आईपिओ निष्काशन गर्ने तथा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई गाभ्ने प्रस्ताव पारित हुने छ ।सभामा  सामान्य प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ,  आ.व. २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र शेयर पूजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने , आ.व. २०७८।०७९ को लागी लेखा परिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ (ख) (ग) (घ) संशोधन तथा दफा ८ मा उपदफा (३) थप र नियमावलीको नियम २८ संशोधन गर्ने, सर्वसाधारण शेयर (IPO) जारी गर्ने , आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर जारी गर्ने , सर्वसाधारण शेयर जारीवाट प्राप्त हुने रकम पूँजी उपयोग गर्ने सम्बन्ध र पिपुल्स हाइड्रोपावर कम्पनी लि.मा सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने सन्दर्भमा भए गरेका सम्पुर्ण प्रकृया अनुमोदन गरी सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लि.लाई मर्जर गर्ने (गाभ्ने) र यस प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न, संशोधन गर्न, थपघट गर्न लगायत अन्य निर्देशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न यस कम्पनीको संचालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छन्। सुपर दोर्दी इन्भेष्टमेन्टले पिपुल्स हाइड्रोमा गाभिने प्रस्ताव सहित मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ ।कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले लमजुङ्ग जिल्लामा ५४ मेगावाटको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ निर्माण गरीरहेको छ । पिपुल्स हाईड्रोपावर कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी यस आयोजना निर्माण गरिरहेको हो ।

१० प्रतिशत लाभांश प्रस्ताव गरेको विन्ध्यवासिनी हाइड्रोको साधारणसभा आह्वान

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २ गते बिहान ११ बजे बानेश्वर स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । बैंकले शेयरधनीलाई भर्चुअल माध्यमबाट उपस्थित हुन आग्रह गरेको छ ।सभामा आर्थिक वर्ष ७७/७८ को आर्थिक प्रतिवेदनमाथि छलफल गरि स्वीकृत गर्ने , लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, आईपिओ निष्काशन सम्बन्धि आवश्यक निर्णय गर्ने, संचालक समितिले गरेका निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित हुने छन् । त्यस्तै कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको संचित मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले २०७६ माघ १ गते नै आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ १ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १५ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले कास्कीमा ८.८ मेगावाटको रुदीखोला ए आयोजनाको निर्माण सकिसकेको छ भने लमजुङमा ६.६ मेगावाटको रुदीखोला बि आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ ।