म्याग्दीका वन्यजन्तु पीडित किसानलाई राहत

काठमाडाैँ- वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाएका छन्। डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ। निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए। ‘प्रदेश सरकारको कार्यविधिअनुसार ३७ खसी, बाख्रा र बोका, […]

सम्बन्धित सामग्री

वन्यजन्तु पीडितलाई राहत

गौरीशंकर संरक्षण क्षेत्रभित्र वन्यजन्तु पीडित किसानले क्षतिपूर्ति पाएका छन् । दोलखाका विभिन्न स्थानीय तहका किसानहरुलाई संरक्षण क्षेत्रका वन्यजन्तुहरुले गरेको मानवीय तथा पशुधन क्षतिबापत सरकारको तर्फबाट राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराइएको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले किसानको क्षतिका आधारमा राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ । विभागअन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले किसानलाई राहत रकम हस्तान्तरण गरेको हो । कार्यालयका सम्पर्क अधिकृत शिवलाल गैरेका अनुसार वन्जन्तुले आक्रमण गरी घाइते बनाएका मानिस र पशुचौपाय गुमाएका किसानलाई क्षतिको आधारमा रकम उपलब्ध गराइएको छ ।