काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जावलाखेल र संकटाले १-१ गोलको बराबरी खेल्दै लिगको अन्त गरेका छन्।पहिलो हाफमा संकटाविरुद्व जावलाखेलले अग्रता लिए पनि दोस्रो हाफमा संकटाले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा अन्तिम खेलमा दुबै टीमले अंक बाँड्दै लिगको अन्त गरेका हुन्।पहिलो हाफमा संकटाले तुलनात्मक रुपमा दबाब दिए पनि गोलमा अग्रता भने जावलाखेलले १४ औं मिनेटमा सुनिल खड्काको गोलमार्फत लिएको थियो। अंनगुना जुनियरले काउन्टर याट्या