घाँस झार्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु

२२ मंसिर, झिमरुक । प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु भएको हो । घर नजिकै पिपलको बोटबाट …

सम्बन्धित सामग्री

सर्पले डस्दा एकजनाको मृत्यु

बैतडी : विषालु सर्पले डस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।भैंसीलाई घाँस हाल्न गोठमा गएकी निर्मलाको टाउकोमा सर्पले टोकेको थियो। सर्पले टोकेको केही बेरपछि निर्मलाको मृत्यु भएको जनाइएको छ।यसअघि गत असोजमा पञ्चेश्वर गाउँपालिका-४ आम्चौराका १२ वर्षीय सुरजराम सार्कीको पनि सर्पको टोकाइबाट ज्यान गएको थियो।यसैबीच जिल्लाको पाटन नगरपालिका-६ पौरेउडाका

सर्लाहीमा रुखबाट लडेर एक जनाको मृत्यु

३ माघ, वीरगञ्ज  सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर  स्याङबाको मृत्यु भएको हो । सोमबार साँझ ६ बजे  रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । इलाका प्रहरी कार्यालय लालबन्दीबाट […]

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

मोरङ, २० मंसिर । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिनुभयो । बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको […]

घाँस काट्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

पाल्पा : पाल्पामा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रामपुर नगरपालिका-९ जब्गादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।घर नजिकै रहेको दबदबेको रुखमा घाँस काट्ने क्रममा बिहान १० बजे उनलाई करेन्ट लागेको थियो। घाँस काट्ने क्रममा थ्रि फेजको लाइनमा थाहै नपाइ छोइँदा करेन्ट लागेर रुखबाट उनी भुइँमा खसेका थिए।करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्लाको सदरमुकाम तानसे

हुम्लामा भिरबाट खसेर एकजनाको मृत्यु

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो । सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी  गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए ।

पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु

बुटवल : पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको रामपुर नगरपालिका ८ स्थित घिमिरेटोलका ३५ वर्षीय रमेश आचार्यको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए। सोमबार बिहान आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएका आचार्य काब्रोको रुखबाट लडेर गम्भीर घाइते…

तनहुँमा करेन्ट लागेर वृद्धको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का घटनास्थल पुगेका छन् ।

गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका(२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो । अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए । सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैंडाले नै उनलाई आक्रमण

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

काठमाडौँ– बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटेको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। उनी घाँस–दाउराका लागि स्थानीय कुमरोज सामुदायिक वनमा जाने क्रममा बाघले आक्रमण गरेको थियो।

चितवनको माडीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

चितवन : जंगली बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ कान्तिपुर बस्ने ४२ वर्षीय नवराज ढकालको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ निस्किएको बँदेलले बारीमा घाँस काट्दै गरेका ढकाललाई आक्रमण गरेको हो।बँदेलको आक्रमणबाट घाइते भएका ढकाललाई स्थानीयले उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए।‘जंगलबाट निस्किएको बँदेललाई भुस्याहा कुकुरहरूले लखेट्न खोज्दा घाँस काट्दै गरेका व्