जनता समाजवादी पार्टी नेपालको आज कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल हुने बताइएको छ । कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र आज बस्ने बैठकले त्यसलाई टुङ्गो लगाउने बताए । उनले भने, 'प्रदीपजीले स्पष्टीकरण बुझाइसक्नु भएको छ, यसबारे आज टुङ्गो लगाइनेछ ।'जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । मन्त्