२८३ स्थानीय तहका केन्द्रसम्म छैनन् पक्की सडक

४ माघ, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७मा हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने नीति लियो । तर, स्थानीय पूर्वाधार विभागको प्रारम्भिक तथ्यांकअनुसार ७५३ मध्ये ६१ वटा स्थानीय तहका केन्द्रहरु अहिले पनि सडक सञ्जालसँग जोडिएका छैनन् । सडक पुगे पनि २ सय १२ स्थानीय तहको केन्द्रसम्म पक्की सडक छैन । स्थानीय […]

सम्बन्धित सामग्री

पक्की सडक निर्माणका लागि कर्णालीका ४० स्थानीय तह छनोट

सुर्खेत-संघीय सरकारले आइतबार शुभारम्भ गरेको स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण योजनाअन्तर्गत कर्णाली प्रदेशमा १८ वटा स्थानीयसँंग सम्झौता भएको छ ।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका विभिन्न १८ स्थानीय तहबीच सम्झौता भएको हो । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले […]

दार्चुलाका छ स्थानीय तहको पहुँचमा छैन पक्की सडक

दार्चुलाका नौ स्थानीय तह मध्ये छवटा स्थानीय तहको पहुँचमा पक्की सडक पुगेको छैन । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन । मार्मा, दुहुँ र नौगाड गाउँपालिका जोड्ने सडकहरु कालोपत्रे गर्ने तयारीमा छ । नेपाल सरकारले दुई वर्ष भित्र हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने लक्ष्य लिएको छ । तर, दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अहिले पनि कच्ची सडकमार्गको विस्तार समेत भएको छैन । अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ । अहिलेसम्म दार्चुलाको ठूलो भूगोल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भगौलिक कठिनाइले कतिपय स्थानीय तहका विभिन्न वडाहरुसम्म सडक पु¥र्याउनु चुनौतीपूर्ण छ । कतिपय स्थानीय तहका केन्द्र जिल्ला सदरमुकामबाट धेरै टाढा छन् । राम्रोसँग ट्रयाक समेत नखुलेको अवस्थामा तुरुन्तै पक्की सडक बनाउन सम्भव हुने अवस्था नरहेको लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले बताउनुभयो । यद्धपि देश संघीयतामा गएसँगै सहरदेखि दुर्गम क्षेत्रसम्म सडक निर्माणले तीब्रता पाएको छ । दार्चुलाका ६१ मध्ये हालसम्म ४४ वडालाई सडकमार्गले जोडेको छ । १७ वडा सडकमार्गबाट पूर्णरुपमा बञ्चित रहेका छन् । अहिलेकै गतिमा काम हुने हो भने, अपिहिमाल गाउँपालिकाका सबै वडासम्म सडक पु¥याउन वर्षौ लाग्नसक्ने स्थानीय जनक ठेकरेले बताउनुभयो । दार्चुलाको शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाका सबै वडालाई सडकमार्गले छोएको छ । दार्चुला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाका नौ वडा मध्ये वडा नम्बर ३ बाहेकका आठवटा वडा सडकमार्गमा जोडिएका छन् । मालिकार्जुन गाउँपालिकाका आठ वटा वडामध्ये छ वडालाई सडकले छोएको छ । सडकमार्गबाट बञ्चित वडा नम्बर ५ र वडा नम्बर २ लाई जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनुभयो । लेकम गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर २ र ३ मा यातायात पुगेको छैन । वडा नम्बर ६, ५, ४ र १ मा सडक विस्तार भइसकेको छ । नौगाड गाउँपालिकाका छ वटा वडामध्ये पाँच वडामा सडक पुगेको छ । वडा नम्बर १ इयरकोटसम्म सडक विस्तारको काम भइरहेको छ । व्यास गाउँपालिकाका छ वडामध्ये चार वडामा सडक पुगेको छ । वडा नम्बर १ र २ बाहेकका चार वडामा सडक विस्तार भइसकेको गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकीले बताउनुभयो । व्यासको सडक पुग्न बाँकी दुर्गम क्षेत्र वडा नम्बर १ र २ लाई जोड्ने गरी महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक निर्माणाधिन अ