सुनसरीको ४ निर्वाचन क्षेत्रमा ९४ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार प्रतिनिधिसभामा ९४ जनाको उम्मेदवारी कायम भएको हो । क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । आयोगका माओवादी केन्द्रले मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ । यसैगरी एमालेले जनता समाजवादी पार्टी, नेपालका अशोक कुमार राईलाई समर्थन गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले अशोक कुमार राई तथा जनमत पार्टीले फत्त बहादुर खडकालाई उम्मेदवार