आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनले भने–‘रेशम चौधरी छुटाउन भनेर त लेखेको छैन तर राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय भएको छ ।’यो निर्णयबाट राजनीतिक मुद्दा लागेका र शान्ति प्रक्रियामा आएका तथा