सुर्खेतमा सुपथ पसल सञ्चालन

सुर्खेत (अस) । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रवारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् । सुर्खेतमा अरुवा मोटा चामल ४१, जिरा मसिनो चामल ५९, सोना मन्सुली चामल ४४.७०, मसुरो १३०, मास १५९ र रहर १७३ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराइएको छ । कम्पनीले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्राले स्थानीय जनताको मागलाई ध्यानमा राख्दै चामल र दाल विक्रीका लागि उपलब्ध गराइएको जानकारी दिए ।

सम्बन्धित सामग्री

सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द : खसीबोका र च्याङ्ग्रा भोलिसम्म बिक्री हुने

काठमाण्डाै - दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् । साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ । खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभ...

गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ – चाडबाडका समयमा उपभोक्ताको सहजताका लागि गुल्मीमा सुपथ पसल सञ्चालमा ल्याइएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ अन्तर्गत वडागाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको हो । उपभोक्तालाई ठगी हुनबाट जोगाउन र सस्तो मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको सहकारीका प्रबन्धक विवेक पेमीले जानकारी दिए […]

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

कर्णाली – दसैँ, तिहार र छठलाई लक्ष्य गरी कर्णलीमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा शनिबारदेखि सुपथ पसल सञ्चालन गरिएको हो। उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे। सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी रूपले तीव्र पारिने बताए। रिजालले यस्ता सहुलियत मूल्य पसल […]

चाडपर्वलाई लक्षित गर्दै ४१ जिल्लामा सुपथ पसल सञ्चालन (तस्बिरहरु)

दसैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सुपथ मूल्य पसरको उद्घाटन गरे ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुप

चाडपर्वकाे लागि सुपथ पसल असोज १ गतेदेखि : २ देखि ५० रुपैयाँसम्म छुट

काठमाण्डाै – चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी)बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाण्डौ उप...

सुपथ पसल असोज पहिलो साताबाट

सरकारले दसैँ–तिहार लक्षित सहुलियत पसल असोजको पहिलो साताबाट सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानबाट...

सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सञ्चालन हुने

काठमाडौं । दशैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् । यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने […]

दसैँ–तिहार विशेष सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्ने

दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

खलङगा । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल सञ्चालनमा ल्याएको हो । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री शाखा कार्यालय […]

आजदेखि चाड लक्षित सुपथ पसल सुञ्चालन

काठमाडौं : सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल आजदेखि सञ्चालन गर्दैछ। दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामाग्री उपलब्ध गराइनेछ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार सबै किसिमका चामल, दाल, चिउरा, पिठोमा प्रतिकिलो पाँच रुपैयाँ, भटमासको तेल प्रतिलिटर १०, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच, कर्णालीको सिमी र फापरमा प्रतिकिलो १० र जिउँदो खसी/बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ। सुपथ मूल्य पसल काठमाडौंसहित ३९ जिल्लाका ४३ स्थानमा सञ्चाल