मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तीन हजार छ सय ८० कर्मचारी खटिने भएका छन् । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि उनीहरु खटिन लागेका हुन् ।निर्वाचन सम्पन्न गर्नका लागि चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन् । उनीहरुसँगै हरेक मतदान केन्द्रमा चार जना स्थानीय स्वयंसेवक कर्मचारी पनि रहनेछन् । जिल्लामा एक सय ६१ मतदानस्थल रहेका छन् । जसमा चार सय ६० मतदानस्थल तोकिएको छ । ती सबै मतदानस्थलमा निर्वाचन अधिकृतसहित आठ&ndas