१९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो । हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए । पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो । समूह चरणमा […]
१९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् । पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् । प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पारे । प्रिसेलेक्सनबाट शीर्ष […]
१५ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ । यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ । सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो । भारतसहित किस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटरफाइनल पुगेका […]
१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाली टोली लगातार तेस्रो खेलमा पराजित भएको छ । जेजियान नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा शुक्रबार भएको समूहको तेस्रो खेलमा नेपाल हङकङ सँग २७-१८ ले पराजित भएको हो । अघिल्लो दुई खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन गरेपनि हारको शृखंला भने रोकिएन । यसअघि नेपाल पहिलो खेलमा चीनसँग ५७-१० […]
१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत बक्सिङमा नेपालकी चन्द्रकला थापा शुक्रबार पहिलो चरणमै पराजित भएकी छन् । हान्झाउ जिम्नयासियममा भएको महिला ५७ केजीमुनी तौल समूहको अन्तिम १६ को खेलमा चन्द्रकला पोर्नतिप बुपासँग ५-० ले पराजित भइन् । १९औं एसियाडमा पदक जित्ने सबैभन्दा बढी अपेक्षासहित प्राथमिकतामा रहेको बक्सिङले निराशाजनक प्रदर्शन निरन्तरता दिएको छ । जसले गर्दा […]
१२ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को […]
१० असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । जिओसान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम क्वार्टरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको छ । टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग […]
१० असोज< हान्झाउ । इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो । सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता […]
९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् । हाङझाउ स्पोर्ट्स सेन्टरस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन् । हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न […]
१९औं एसियाड अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो खेलमा नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक छैन । तेक्वान्दोमा सोमबारसम्म चार खेलाडीले प्रतिस्पर्धा गर्दा कुनै पनि खेलाडी प्रिक्वार्टरफाइनलबाट अगाडि बढ्न सक्नुभएन ।